spot_img

किर्तिमानी पत्रकार भानुभक्तलाई ‘टान जर्नालिजम अवार्ड’

spot_img

काठमाण्डौँ । विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौला ‘टान जर्नालिजम अवार्ड’बाट सम्मानित भएका छन् ।

Advertisement

ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपालको बार्षिक साधारण सभा तथा अधिबेशनको अवसरमा पत्रकारिताबाट पर्यटन प्रर्वद्धनमा गरेको योगदानको कदर गर्दै पत्रकार निरौला सम्मानित भएका हुन् ।

Advertisement

सोमबार होटल हायतमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र टान अध्यक्ष खुम सुवेदीले पत्रकार निरौलालाई नगद र ताम्रपत्र प्रदान गरे ।

Advertisement

वि.स. २०६४ सालदेखि हिमाली जिल्ला सोलुखुम्बुबाट पत्रकारिता शुरु गरेका पत्रकार निरौलाले जिल्लाबाटै कान्तिपुर पत्रिका र टेलिभिजनमा रिर्पोटिङ गर्छन् ।

हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक समेत रहेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नाकोत्तर गरेका छन् ।

उनले पर्यटन पर्वद्धनकै सवालमा विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै