spot_img

काठमाण्डौँ महानगर : आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

spot_img

काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।

Advertisement

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग-अलग भाँडोमा राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने उनले बताइन् ।

Advertisement

उनका अनुसार हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन र व्यवस्थापनको काम गरिने छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गर्ने वातावरण विभाग प्रमुख राईले बताइन् ।

Advertisement

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै