spot_img

कांग्रेस तालमेल गर्न तयार, तर ५ वर्ष आफ्नै नेतृत्वमा सरकार

spot_img

काठमाडौं । स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा गठबन्धन गर्नेबारे भने एकढिक्का देखिएको छ ।

Advertisement

उसले ‘स्थिर सरकार’का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर चुनावपछि अरु दलसँग सत्ता गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त छ ।

Advertisement

६ दिनसम्म छलफल भएर सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेल सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

Advertisement

साथै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बहुमततर्फ लक्षित गराउने भन्दै तालमेलको पक्षमा निर्णय गरेको छ । ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै