spot_img

कवि तारा अधिकारीको काव्यकृति ‘म भित्रको म’को लोकार्पण

spot_img

काठमाण्डौँ । कवि तारा अधिकारीको काव्यकृति ‘म भित्रको म’को लोकार्पण गरिएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित कवि अधिकारीको काव्यकृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त उपकुलपति तथा वरिष्ठ कवि डा. बिष्णु बिभु घिमिरेको हातबाट लोकार्पण गरिएको हो । घिमिरेले वर्तमान समयले नयाँ कृति र नवीन विषयका कविताले नेपाली काव्य भण्डार चुलिएको धारणा राखे ।

Advertisement

अधिकारीको कविता संग्रह भित्र ४९ कविता समावेश छन । कविता कृतिमाथि डा. रेणुका सोलु र ऋषभदेव घिमिरेले समिक्षात्मक धारणा राखेका थिए । कृति भित्र भूमिका समेत लेखेका प्रा.डा. खगेन्द्र लुइँटेलले कृतिको संक्षिप्त टिप्पणी सहित शुभकामना राख्दै स्रष्टा अधिकारीलाई बधाई व्यक्त गरे ।

Advertisement
280334977 370762148408317 8116493810039393514 n

सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष पदम बिशवकर्माका शुभकामना पढेर सुनाए । सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि इन्जिनियर सन्तोष पोखरेल र कवि रुद्र अधिकारीले ‘म भित्रको म’ कृतिबाट रचना वाचन गरेका थिए ।

डा. शान्तिमाया गिरीको स्वागत मन्तव्यबाट कार्यक्रम प्रारम्भ गरिएको थियो । लेखक अधिकारी अमेरिककाको कोलोराडो शहरमा बस्दै आएका छन् । कवि रञ्जना निरौलाले संचालन गरेको लोकार्पण कार्यक्रममा साहित्यकार युवराज नयाँघरे, साहित्यकारहरु राधेश्याम लेकाली, गोविन्द गिरी प्रेरणा, नारायण होमगाईं कलकत्ता, उपमा आचार्य, दिपा राई, मधु पाठक, सुषमा आचार्य, आँचल शर्मा, गीता कार्की, दीक्षा भण्डारी, भवानी भट्ट, प्रगती राई, सुमन वर्षा, भूवन सिवाकोटी लगायतका साहित्य सर्जकहरुको बाक्लो उपस्थिति थियोे ।

278314196 562534078767612 661879840365723980 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै