spot_img

करण राईले जिते ‘द भ्वाइस अफ नेपाल’को चौथो उपाधि

spot_img

करण राई चौथो ‘द भ्वाइस अफ नेपाल’ भएका छन्।

Advertisement

शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ लाख रूपैयाँसहित ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि हात पारे।

Advertisement

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए। टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन्।

Advertisement

यस्तै टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप हुँदा टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ।

अमेरिकामा बस्दै आएका विजेता राईले नगद २५ लाख, पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोनलगायत थुप्रै पुरस्कारहरू प्राप्त गरे।

यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बु र तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका थिए।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै