spot_img

ए.एम.एस.नेश्नल अवार्डको लागि गीत दर्ता खुला

spot_img

आगामी भदौ ३१ गते काठमाण्डौमा आयोजना हुने ए.एम.एस.नेश्नल अवार्डको लागि गीत दर्ता खुला गरिएको छ । ए.एम.एस. म्यूजिक तथा इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने अवार्डमा सहभागी बन्न असार २५ गतेसम्म सम्बन्धीत विधामा इच्छुक कलाकारले गीत दर्ता गराउन सक्नेछन् ।

Advertisement

‘हाम्रो संस्कृति हाम्रै पहिचान, सष्ट्रा कलाकारहरुको सम्मान’भन्ने मूल नारा तय गरिएको अर्वाड विभिन्न ७ क्षेत्रका ६२ विधामा वितरण हुने आयोजक ए.एम.एस. म्यूजिकका सञ्चालिका सत्यकला लामाले जानकारी दिइन् । राष्ट्रिय भाव, चलचित्र र पप विधामा गीत, संगीत, गायक, गायिकाबीच प्रतिस्पर्धा गराइनेछ । आधुनिक विधामा सर्बोत्कृष्ट गीतकार (महिला/पुरुष), गायक, गायिका, नवगायक गायिका, संगीत संयोजक, ध्वनि सम्पादन, छाँयाकार, सम्पादक, निर्देशक, मोडल (महिला/पुरुष), नव मोडल (महिला/पुरुष) र म्यूजिक कम्पनीको अवार्ड प्रदान गरिनेछ ।

Advertisement

लोकदोहोरीतर्फ सर्बोत्कृष्ट शब्द, लय, गायक, गायिका, नवगायक, गायिका, भिडियो छाँयाकार, सम्पादक, निर्देशक, मोडल (महिला/पुरुष), नव मोडल (महिला/पुरुष), नृत्य निर्देशकलाई अवार्ड दिइनेछ । सेलोतर्फ सर्बोत्कृष्ट शब्द, संगीत, गायक, गायिका, सम्पादक, छाँयाकार, निर्देशक, मोडल (महिला/पुरुष)लाई अवार्डेड गरिने आयोजकले जनाएको छ ।

Advertisement

त्यस्तै, भाषाभाषी, देउडा, काठे विधामा पनि सर्बोत्कृष्ट शब्द, लय, गायक गायिका, सम्पादक, निर्देशक, छाँयाकार, मोडल (महिला/पुरुष)लाई अवार्ड प्रदान गरिनेछ । २०७८ चैत्र मसान्तसम्म सार्वजनिक भएका गीतले प्रतिस्पर्धा जनाउन सक्ने आयोजकले जनाएको छ ।

असार २५ सम्म दर्ता भएका गीतमध्येबाट साउन २९ मा नोमिनेशन सार्वजनिक गर्ने र भदौ ३१ गते अवार्ड वितरण गर्ने तयारी गरिएको छ । फारम ए.एम.एस. म्यूजिक तथा इन्टरटेनमेन्टको कार्यालय अनामनगरसहित काठमाण्डौँका विभिन्न रेकर्डिङ स्टुडियोबाट प्राप्त गर्न सकिनेछ ।

290049318 1187794958740258 5563877529074878021 n
289935068 1187795102073577 3354008583303922760 n
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै