spot_img

आमा समूहलाई रीड नेपालको अभिमुखीकरण

spot_img

सोलुखुम्बुमा लामो समय देखि शैक्षिक उन्नयनका लागि काम गर्दै आएको रीड नेपालको आयोजनामा दुधकुण्ड हिमालय आधारभुत फाप्लुमा गठित आमा समूहलाई अभिमुखीकरण गरिएको छ । विद्यालय सुधारका लागि अभिभावकको भूमिका, आमा समुहका गतिविधिहरुको समिक्षा, आमा समुहद्वारा संचालित कोष बारे छलफल र आगामी दिनमा आमा समुहको भूमिका तथा जिम्मेवारी लगाएतका विषयमा छलफल गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले बताए ।

Advertisement
300879774 2249562535198708 4169091099868373960 n


नमुना विद्यालय निर्माणमा काम गर्ने सिलशिलामा रीड नेपालले विद्यालयमा ३ वर्ष अघि आमा समूह गठन गरेको थियो । आमा समुहको अध्यक्ष दिलमाया बिकलाई समूहले सक्रियता पूर्वक काम गरेको भन्दै शुक्रबार थप १० हजार रुपैया हस्तान्तरण गरिएको छ । आमा समूहले रीड नेपाललाई धन्यवाद दिदै आगामी दिनमा रकम बढाउदै जाने र केही रकम विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ । उक्त आमा समुहमा १८ जना सदस्यहरु रहेका छन् ।

Advertisement
300717917 600336148344209 4977656850223186064 n


रीड नेपालले जिल्लामा काम गरिरहेको विद्यालयहरु मध्ये नमुनाको रुपमा काम गरेका ११ वटा विद्यालयमा नगद हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने योजना गरेको छ । अष्ट्रेलिययन हिमालयन फाउन्डेसन तथा अष्ट्रेलियन एडको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गरेका हुन् ।

300717917 600336148344209 4977656850223186064 n 1
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै