spot_img

आध्यात्मिक पत्रकारिता आवश्यकतामा जोड

spot_img

काठमाण्डा – आध्यात्मिक बक्ता तथा पत्रकारहरूले स्वच्छ, शान्त र सुसंस्कृत समाज निर्माणका लागि आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोदिएका छन् ।

Advertisement

अध्यात्म आफू भित्रको ज्ञान र विवेक चिन्ने बिषय भएकाले यसको मार्ग पहिल्याउन संचार जगतले अगुवाइ लिन सके समाजमा नैतिक शिक्षाको अभाव पनि मेटिदै जाने बताउँदै उनीहरुले यसका लागि पहिले पत्रकार स्वयं आध्यात्मिक बन्नुपर्नेमा जोड दिएका हुन् ।

Advertisement

आध्यात्मिक पत्रकार समाज (आपस)को बार्षिक उत्सबका अवसरमा आयोजित “आध्यात्मिक पत्रकारिता आजको आवश्यकता बिषयक अन्तरक्रियामा वक्ताहरुले यस्तो कुरा बताएका हुन् ।

Advertisement

इतिहास तथा संस्कृति बिद प्राध्यापक डा.श्रीराम उपाध्याय न्यौपानेले देवभूमी, तपोभूमी नेपालका हरेक भौगोलिक, सांस्कृतिक र धार्मिक बिषय विश्वकै लागि उदाहरण बन्ने बताए । धार्मिक अभियन्ता तथा बक्ता डा. चिन्तामणि योगीले भौतिक बिकासलाई सन्तुलन मिलाउन आध्यात्मिक चिन्तन जरुरी भएको उल्लेख गरे ।

277908840 531324165008812 8567531800366303010 n

विकाश पत्रकार मन्चका अध्यक्ष गोपिकृष्ण ढुङ्गानाले नेपालमा प्रसस्त धार्मिक ज्ञाता भएको उल्लेख गर्दै पहिले पत्रकारिता क्षेत्रले उनीहरुबाट आध्यात्मिक ज्ञान लिनु जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका बिसंगतीलाई हटाउन नैतिक तथा आध्यात्मिक शिक्षा जरुरी रहेको औल्याए । यसका लागि पहिले पत्रकार आफैं उदाहरण बन्न सके बल्ल समाजले अनुसरण गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश एसोसिएट्सका महासचिव रोयल आचार्य, संचारकर्मी केशव चौलागाईं, रिता लिम्बू, धार्मिक अभियन्ता अरुण पाण्डेले आफ्नो धारणा राखेका थिए । आपसका तर्फबाट अध्यक्ष शिरोमणि दवाडी, उपाध्यक्ष सन्तोष वशिष्ठ र महासचिव लक्ष्मण पन्थीले संस्थाको उदेश्य तथा कार्यक्रम माथि प्रकाश पारेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै