spot_img

असिम राईले गरे स्वास्थ्य इकाइ,वडा भवन र बैंकिङ सेवाको उद्घाटन

spot_img

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले एकै दिन तीन वटा योजनाको उद्घाटन गरेका छन् । लक्ष्मी बैंकको शाखा रहित बैंकिङ शेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालयको भवन उद्घाटन गरेका हुन् ।

Advertisement

वडा नम्बर ४, ५ र ९ लाई लक्षित गरि सुकेपोखरीबजारमा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा सन्चालनको उद्घाटन गरिएको हो । कोशी पारीका नागरिकलाई सहज बैंकिङ सेवा प्रदान गर्नको लागि बैंक सङ्ग सहकार्य गरि वडा नम्बर ७ र ८ लाई लक्षित गरि बुढिडाडा र आज जुबुमा सेवा सन्चालन गर्न सफल भएको पालिका अध्यक्ष असिम राईले बताए ।

Advertisement

जिल्लामा नै बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको स्मरण गर्दै अध्यक्ष राईले जेष्ठ नागरिकलाई यातायातमा हुने खर्च र समय बचत हुने विश्वास व्यक्त गरे । यस्तै ग्रामीण स्वास्थ्य इकाईको भवन उद्घाटन पश्चात सेवा प्रवाहमा निकै सहज हुने इकाइका निमित्त प्रमुख ज्योति राईको भनाइ छ । यस अघि निजि घर भाडामा लिएर स्वास्थ्य सेवा प्रवाह भैरहेको थियो । गाउँपालिकाको पहलमा करिब ३२ लाखको लागतमा रावा कन्ट्रक्सनले उक्त भवन निर्माण गरेको हो ।

Advertisement

यसैबीच, गाउँपालिका र जिल्ला समन्वय समिती सोलुखुम्बुको लागत साझेदारीमा निर्मित वडा–५ को वडा भवनको पनि पालिका अध्यक्ष असिम राईले उद्घाटन गरे । वडा अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता एवम् पालिका प्रमुख राईको प्रमुख आतिथ्यतामा उक्त वडा भवनको उद्घाटन गरिएको वडा नम्बर ७ का अध्यक्ष पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपप्रमुख सविता राईले वडा नम्बर ५ बासीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सेवा प्रबाहमा सहजता हुने विश्वास व्यक्त गरे । हिमालय माविको भवनबाट सेवा दिदै आएको वडाले अब देखि आफ्नै कार्यालयबाट प्रदान गर्दा सहजता हुने भन्दै उपप्रमुख राईले गुणस्तरीयताका साथै सहजरुपमा प्रदान गर्नको लागी कर्मचारीलाई निर्देशन दिईन् ।

पालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले नागरिक सचेत नभए सम्म विकास नहुने भन्दै खवरदारी र समर्थनको भावनामा बिकास हुनुपर्ने बताए ।

यस्तै पालिका प्रमुख असिम राईले स्थानीय सरकारले भौतिक पुर्वधार निमार्ण देखि जनजीविकाको सबालमा उत्तिकै काम गरिरहेको बताए । भौगोलिक हिसाबले जुबु र लोखिम पालिका केन्द्र देखि बिकट रहेको विषयलाइ मध्यनजर राखी काम गरिरहेको बताए । गाउँपालिकाको नौ वटै वडालाइ समान ढंगले बिकास गर्ने अबधारणालाई आत्मासाथ गर्दै काम गरिरहेको भन्दै अध्यक्ष राईले सवैको सहभागीता बिना बिकास संभव नहुने बताए ।
एकै दिन तीन वटा कार्यक्रमको उद्घाटन गरेको स्मरण गराउदै अध्यक्ष राईले निर्माण व्यवसायीले इमान्दारीताका साथ काम गर्नेभए बिकास निर्माणमा ठुलो टेवा पुग्ने बताए । ठेकेदारले काम नगर्ने अनि जनप्रतिनिधिलाई गाली गर्ने काम भइरहेको भन्दै अध्यक्ष राईले काम नगर्ने ठेकेदारलाई बहिस्कारको नीति लिने बताए । यस्तै सोही कार्यक्रममा जग्गादातालाइ सम्मान गरिएको छ भने पहिरो पीडितपरिवारलाई राहत स्वरुप दस हजार नगद हस्तान्तरण पनि गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै