spot_img

असिमले लिए सपथ

spot_img

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित असिम राईले सपथ ग्रहण गरेका छन् । राईलाई सल्लेरीमा आयोजित कार्यक्रममा जिल्ला न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत सन्तोष पराजुलीले सपथ खुवाएका हुन् ।

Advertisement

उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । एक नगरपालिकासहित ५ पालिका प्रमुखलाई भोली सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । शुक्रबार सपथ लिने पालिका प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

Advertisement

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बु पासाङ ल्हामू गाउँपालिका अध्यक्ष मिंमा छिरी शेर्पाको सपथको समय टुंगो नलागेको मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए । उनीहरु नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

Advertisement

सपथ पछि प्रमुखहरुले पालिका पुगेर उपाध्यक्षसहित वडाअध्यक्ष र सदस्यहरुलाई सपथ गराउनेछन् । सोलुखुम्बुका ८ पालिकामध्ये ५ कांग्रेस, २ एमाले र एक माओवादी केन्द्रले जितेको हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै