spot_img

अग्नीपिडितलाई थुलुङ दुधकोशीको जनही ५० हजार राहत

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको घटनाका पीडित परिवारलाई थुलुङ दुधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।

Advertisement

आगलागीबाट घर पुर्ण क्षती भएकालाई प्रति परिवार ५० हजार राहत प्रदान गर्ने अध्यक्ष स्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार आंसिक क्षति हुने प्रति परिवारलाई २५ हजार दिइने छ ।

Advertisement

मंगलबार दिउसो करिब ४ बजे वडा नं १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पुर्णरुपमा नष्ट भएको छ । यस्तै दुई घर आंशिकरुपमा नष्ट भएको छ भने अन्य विभिन्न पसलमा समेत क्षती हुँदा करोडौको नोक्सान भएको प्रहरीले जनाएको छ ।

Advertisement

उक्त घटना प्रती गाउँपालिकाले दुख व्यक्त गरेको छ । उक्त घटनामा थप क्षति हुन नदिन खटिने नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सोलुदुधकुण्ड नगरपालिका प्रहरी, थुलुङ दुधकोशी गाउँप्रहरी, सोलुदुधकुण्ड नगरपालिका, रेडक्रश कर्मी, जनप्रतिनिधि र स्थानीय वासीन्दा लगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको गाउँपालिले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै